Logo

Banner-news

कोरोना संक्रमणबाट निको भएकी युवती भन्छिन्ः सरकारले धेरै आइसोलेसन बनाउनुपर्छ


GDP Nepal
   ६ बैशाख २०७७, शनिबार


काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । पहिलो संक्रमित जनवरी अन्तिम साता पत्ता लागे पनि उनी निको भएको २ महिनापछि नेपाल आएकी यी युवतीले सुरुदेखि आफैंलाई सेल्फ आइसोलेसनमा राखेकी थिइन् ।

उनलाई चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो भने शनिबार पूर्ण निको भएर घर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

उनले आफूले सुरुदेखि नै आइसोलेसनमा रहेका कारण अरुलाई सर्न नपाएको भन्दै सरकारले आफैं व्यवस्थापन गर्न नसक्नेहरुका लागि अधिकतम आइसोलेसन कक्षको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइन् । उनले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

काठमाडौं मैतिदेवी घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह