काठमाडौं । मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या एकपछि अर्कोगरी बढिरहेका बेला यसले भयावह रुप लिनसक्ने विशेषज्ञ तथा चिकित्सकहरुको चिन्ता छ । तर, मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालमा कोरोनाभाइरसले महामारीको रुप लिनै नसक्ने ठोकुवा गरेका छन् ।
प्रधानमन्त्रीको यस्तो दावीका आधार भने अत्यन्त फितलोमात्र छन् । बालुवाटारमा केही सरकारी सञ्चारमाध्यमलाई बोलाएर दिएको अन्तर्वार्तामा उनले कोरोना भाइरस सङ्कंक्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताए ।
यद्यपि, नेपालले समयमै अन्तर्राष्ट्रिय उडान बन्द गर्न नसकेको तथा सीमा नाका बन्द गर्न नसक्दाको परिणाम अहिले भोगिरहेको छ । प्रधानमन्त्रीले यो यथार्थतालाई बिर्सेर सरकारी कमजोरीको बचाउ गर्न गलत तर्कको सहारा लिइरहेको जानकारहरु बताउँछन् ।
प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिको सामाजिक सञ्जालमा पनि उत्तिकै आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफूलाई जनस्वास्थ्य विज्ञका रुपमा देखाउन खोजेको टिप्पणी भइरहेको छ ।
सरकारी सञ्चारमाध्यमलाई शनिबार अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले कोभिड –१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले नेपालमा रोगले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको तर्क गरे ।
प्रतिक्रिया