Logo

अर्थनीति

अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो


GDP नेपाल
   १२ कार्तिक २०८२, मंगलबार


काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।

विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।

गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।

विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।

प्रकाशित : १२ कार्तिक २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह