काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ६२.२९ अंकले बढेर दुई हजार ५७१.३४ विन्दुमा पुगेको छ ।
बैंकिङ २५, विकास बैंक २३४, फाइनान्स ६७, होटल तथा पर्यटन १६६, हाइड्रोपावर १२३, जीवन बीमा ४३३, उत्पादन २७, माइक्रोफाइनान्स १२२, निर्जीवन बीमा २६६ र अन्य उपसमूह ४४ अंकले बढेको छ । त्यस्तै, व्यापार उपसमूह भने २८ अंकले घटेको छ ।
आज न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज हिमालयन पावरको सेयर ६.३६ प्रतिशतले घटेको छ ।
यस दिन ३१४ कम्पनीको ९२ लाख कित्ता सेयर ४ अर्ब ५७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया