काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।
शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ रहेका छन् । एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।
त्यस्तै, कायम मुकायम सीईओको जिम्मेवारी सन्तोषकुमार राठीले सम्हाल्नेछन् ।










प्रतिक्रिया