Logo

कर्पोरेट-बजार

बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी


GDP नेपाल
   १९ कार्तिक २०८२, मंगलबार


जनकपुर । जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो । 

सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार बन्द गरी विरोध र्‍याली निकालेका छन् । कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध र्‍याली निकालेका छन् । 

उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।

कुनै पनि पसल वा संघ संस्थामा छापा मार्नु अघि निश्चित प्रक्रिया पूरा गर्नुपर्नेमा हावादारी हिँसाबले प्रहरीले छापा मारेको आरोप जकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठले लगाए । 

प्रहरीले कानुनी बाटो प्रयोग गर्नुको साटो बल प्रयोग गरेर अध्यक्ष भण्डारीलाई हातपात गरेको प्रति महासेठले आक्रोस व्यक्त गरेका छन् । उनले डिसपीलगायतको टोलीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित : १९ कार्तिक २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह