Logo

बिजनेस होम

देशका केही स्थानमा आज पनि वर्षा र हिमपात हुने


gdpnepal
   २१ कार्तिक २०८२, बिहिबार


काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ । 

 

प्रकाशित : २१ कार्तिक २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह