Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको नाफा १ अर्ब ७५ करोड, प्रतिसेयर आम्दानी कति ?


GDP नेपाल
   २१ कार्तिक २०८२, बिहिबार


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा १४.५७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी सामान्य घट्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढ्दा नाफामा असर परेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४ अर्ब १४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ५.७ प्रतिशतले घटेको छ ।


त्यस्तै लोन लस प्रोभिजन पहिले ४५ करोड ७७ लाख रुपैयाँ रहेकोमा अहिले ६४ करोड ७२ लाख रुपैयाँ छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी पहिले २९ रुपैयाँ ८३ पैसा रहेकोमा अहिले २५ रुपैयाँ ४९ पैसा छ ।


बैंकको कुल वितरणयोग्य नाफा असोज मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३०.१५ रुपैयाँ हो । बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट अझै लाभांश वितरण गरेको छैन । जसले गर्दा वितरणयोग्य नाफा उल्लेख्य देखिएको छ ।
बैंकको निष्क्रिय कर्जा ४.३१ प्रतिशत छ, पहिले यस्तो कर्जा ४.२४ प्रतिशत थियो ।

प्रकाशित : २१ कार्तिक २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह