Logo

बैंक / बिमा /शेयर

अधिकांश वाणिज्य बैंकहरूको नाफा घट्यो, कुनको कति ?


GDP नेपाल
   २२ कार्तिक २०८२, शुक्रबार


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरको नाफा १८ प्रतिशतले घटेको हो । गत आवको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १५ वटा बैंकको नाफा घटेको छ । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा बैंकमा ग्लोबल आईएमई परेको छ । ग्लोबल आईएमई बैंकले असोज मसान्तसम्म एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २२.९२ प्रतिशतले बढी हो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नबिल बैंकले यस अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिको तुलनामा भने बैंकको नाफा १४.५७ प्रतिशत कम हो । त्यस्तै, तेस्रो स्थानमा रहेको प्राइम कमर्शियल बैंकले १ अर्ब २५ करोड नाफा कमाएको छ ।

प्रकाशित : २२ कार्तिक २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह