Logo

बिजनेस होम

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 


gdpnepal
   २२ कार्तिक २०८२, शुक्रबार


काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाा व्यवसायीलाई आग्रह गरेका छन् । चाइनीज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसंग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरे । 

भेटका क्रममा निवर्तमान अध्यक्ष मल्लले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । 

नेपालमा चिनियाँ लगानी र प्रविधि भिर्त्याएर दीर्घकालीन व्यवसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाई छ । 

”चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ,” उनले भने ।

नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए ।

नेपालमा होटल पूर्वाधारमा लगानी मार्फत चिनियाँ पर्यटक आर्कषित गर्नसकिने उल्लेख गर्दै मल्लले भने, ‘’चीनमा करिब १० करोड बौद्ध धर्मावलम्बी रहेका छन् । त्यसको १ प्रतिशत करिब १० लाख पर्यटक मात्रै नेपाल भित्र्याउन सकिए अर्थतन्त्रमा महत्वुपूर्ण योगदान पुग्नेछ ।”

नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औंल्याउादै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाा लगानीको अवसर खुला रहेको बताए ।  

चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको उल्लेख गर्दै अध्यक्ष मल्लले भने, ”चीनबाट २.५३ अर्व डलर बराबरको आयात हुादा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’’

यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए ।

सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी मार्फत पुनः निर्यातको सम्भावना रहेको बताउादै मल्लले नीतिगत स्पष्टता र प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको बताए । 

चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवर्द्धन गर्न आफुहरु प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिवद्धता जनाए । नेपालको कृषि र पर्यटन क्षेक्रमा संयुक्त लगानीका लागि पहल गरिने उनको भनाई छ ।

 

प्रकाशित : २२ कार्तिक २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह