Logo

Banner-news

भीम उपाध्यायलाई रातारात पक्राउ गर्नु कानुनको दुरुपयोग हो: अधिवक्ता अर्याल


GDP Nepal
   १२ बैशाख २०७७, शुक्रबार


काठमाडौं । सामाजिक सञ्जालमा निकै सक्रिय रहेका पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेपछि मिश्रित टिप्पणी भइरहेका छन् ।

कतिपयले उपाध्यायले सामाजिक सीमा नाघेको भन्दै सरकारी कारबाहीको बचाउ गरिरहेका छन् भन् अधिकांशले यो अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाएको भन्दै सरकारको आलोचना गरिरहेका छन् ।

पूर्वसचिव उपाध्याय पक्राउको कानुनी आधार भने खुलेको छैन । यस विषयका जानकार साइबर कानुन विज्ञ अधिवक्ता बाबुराम अर्याल भने उपाध्यायलाई रातारात पक्राउ गर्नु कानुनको दुरुपयोग भएको भन्छन् । अर्यालले फेसबुकमै टिप्पणी लेखेर यसको कानुनी पाटो खुलाएका छन् ।

बाबुराम अर्याल

प्रस्तुत छः अधिवक्ता बाबुराम अर्यालको दृष्टिकोण जस्ताको तस्तैः

भीम उपाध्याय प्रकरणमा मेरो टिप्पणी
१) सामाजिक संजाल कम्प्युटर वा कम्प्युटर नेटवर्कको पाटो हो । विद्युतीय कारोबार ऐनको दफा ४७ ले यसलाई समेट्छ । सामाजिक संजालसम्बन्धी विषय कन्टेन्ट नियमनसँग जोडिन्छ । घृणायुक्त सन्देश, मानहानी, अदालतको अवहेलना, बाल यौन दुव्र्यवहारजन्य सामग्री अन्तर्राष्ट्रिय रुपमा कन्टेन्टसम्बन्धी कसूर मानिन्छ । कुनै कार्य कसूरजन्य छ भने सामाजिक संजाल, वेबसाइट वा रियल वल्र्ड जहाँ भए पनि कसूर कसूर नै हुन्छ ।

२) कुनै पनि कानून प्रयोग गर्दा त्यसको आनुपातिक हानीको मूल्यांकन गर्न जरुरी हुन्छ । सार्वजनिक ओहोदामा रहने व्यक्ति सार्वजनिक रुपमा जवाफदेही हुने भएकोले उसले अधिक आलोचना सहनु पर्ने अभिव्यक्ति स्वतन्त्रताको सामान्य सिद्धान्त नै हो ।

३) कुनै पनि कार्य फौजदारी अपराध हुन समाजउपर हानी हुनु जरुरी छ । तात्विक रुपमा समाज उपर हानी छैन भने त्यो फौजदारी कसूर हुँदैन । हानी यदि व्यक्तिगत हो भने त्यो देवानी मानहानी अन्तर्गत कारवाही चल्नुपर्छ ।

४) साइबर कानुन लाग्ने वा नलाग्ने भन्ने विषय सामाजिक संजाल भन्दा पनि इन्टरनेट स्फेसिफिक कसूर हो वा होइनमा भर पर्छ । ब्लाङ्केट रुपमा सामाजिक संजालमा लेखेको भर भन्दा पनि सामान्यतस् लेखेकै भरमा फौजदारी कसूर हुन्छ कि हुँदैन भन्ने हो । तपाईं समेतको अदालतको मानहानी सम्बन्धी मुद्दामा सपना मल्लसमेतको इजलासले बोलेको जस्तो लाग्छ ।

५) भीम उपाध्यायको केशमा उनको ट्विट र फेसबुक पोष्ट केही व्यक्तिगत खालको पनि छ, जसमा आम रुपमा समर्थन गर्न सकिदैन । तर, अघि भने जस्तै सार्वजनिक ओहोदामा बस्नेहरु अधिक सहनशील हुनु पर्छ । उनको अभिव्यक्ति फौजदारी प्रकृतिको हो कि देवानी प्रकृतिको ? उनको अभिव्यक्तिले सारभूत रुपमा सार्वजनिक हानी गरेको हो कि होइन ? उनको कार्यलाई थुन्नै पर्ने वाध्यता के थियो ? सबैले जस्टिफाई हुनु पर्छ । तर मेरो विचारमा यी कुरा जस्टीफाई छैनन् । उनलाई रातारात पक्राउ गर्नु कानुनको दुरुपयोग हो ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह