काठमाडौं । मुलुकमा राजनीतिक दल दर्ता गर्ने लहर चलेको छ । फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै दल दर्ताको म्याद सकिनै लाग्दा नयाँ दलहरु खुल्ने क्रम पनि बढेको छ ।
हर्क साम्पाङ, कुलमान घिसिङ, रेशम चौधरी, ऋषि धमला लगायतले दल दर्ता गरिसकेका छन् भने जेनजीका नाउँमा पनि विभिन्न दल दर्ता हुने क्रममा छन् ।
राजनीतिक दल दर्ताका लागि ठूलो मेहनत नपर्ने र आवश्यक कागजात जुटाएसँगै दल दर्ता गर्न सकिने निर्वाचन आयोगले तोकेको चेकलिष्टमा उल्लेख छ ।
आयोगका अनुसार राजनीतिक दल दर्ताको निवेदन साथ संलग्न हुनुपर्ने कागजातहरु यसप्रकार छन्:
-विधान २ प्रति
-नियमावली २ प्रति,
-घोषणापत्र २ प्रति,
-झण्डा,
-लोगो,
-छाप,
-चुनाव चिन्ह रोज्ने,
-राजनैतिक दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना,
-राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना,
-राजनैतिक दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण,
-विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था,
-विधान वा नियमावलीमा कम्तिमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरुको निर्वाचन हुने व्यवस्था,
-विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था,
-दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था,
-केन्द्रीय भेलाबाट केन्द्रीय कार्य समितिको चयन, विधान पास गर्ने, झण्डा, लोगो कुन राख्ने चुनाव चिन्ह कुन रोज्ने निर्णय हुनुपर्ने,
-केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि,
-निवेदन दर्ताको लागि सो निवेदनमा सवै केन्द्रीय समितिका पदाधिकारीहरुले हस्ताक्षर हुनुपर्ने,
-निवेदन, विधान, नियमावली र घोषणापत्रका प्रत्येक पृष्ठमा केन्द्रीय समितिका सबै पदाधिकारीको हस्ताक्षर हुनु पर्ने,
-दलको प्रत्येक तहको कार्यकारिणी समितिको गठन विधि र पदावधिको व्यवस्था हुनुपर्ने,
-दलको पदाधिकारीको संख्या र निर्वाचन प्रक्रिया,
-दलको विधान संशोधन सम्बन्धी प्रक्रिया,
-दलको विघटन सम्बन्धी व्यवस्था,
-दल दर्ताको निवेदन नेपालको संविधान, २०७२ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम हुनु पर्ने ।










प्रतिक्रिया