Logo

अर्थनीति

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


gdpnepal
   १ मंसिर २०८२, आइतबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतबार (कात्तिक ३०) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ पैसाले बढाइएको छ । डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

“आमउपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिको मिति २०८२/०७/२९ को निर्णयानुसार १६ नोभेम्बर २०२५ (मिति २०८२/०७/३०) को बिहान ००ः०१ बजेदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा रु. २।०० र डिजेलमा रु. ३।०० ले मात्र बढाइएको व्यहोरा जानकारी गराइन्छ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित : १ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह