Logo

बैंक / बिमा /शेयर

अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?


GDP नेपाल
   १ मंसिर २०८२, आइतबार


काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन्। २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् ।

कात्तिकमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिरका लागि ५.०४०५ प्रतिशत कायम भएको छ । मंसिरमा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ ।


ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।त्यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ले भने ब्याजदर स्थिर राखेका छन्।


सबैभन्दा धेरै ब्याजदर ग्लोबल आइएमई बैंकले ६ प्रतिशत दिने भएको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत ब्याज दिने भएको छ ।

प्रकाशित : १ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह