Logo

मुख्य समाचार

अखिल अध्यक्ष कडरियाको राजीनामा स्वीकृतः जेनजी आन्दोलनले पद गुम्यो, दीपक धामी नयाँ अध्यक्ष


gdpnepal
   २ मंसिर २०८२, सोमबार


काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुजन कडरियाले राजीनामा दिएका छन् । आज बसेको अनेरास्ववियुको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

अखिलको नयाँ अध्यक्षको जिम्मेवारी दीपक धामीले पाएका छन् ।

जेनजी आन्दोलनमा गोली लागि १८ जना विद्यार्थीको मृत्यु भएपछि भदौ २३ गते बेलुका सरकारको आलोचना गर्दै २४ गते कडरियािले अखिल अध्यक्षको पद त्यागेको घोषणा गरेका थिए ।

तर, आफूले भावुक भएर राजीनामा गरेको भन्दै संगठनको गतिविधिमा फर्कने घोषणा गरेका कडरियालाई संगठनका महासचिवलगायत माउ पार्टी एमालेले नै स्वीकार गर्न सकेन । संकटका बेला उनले गैरजिम्मेवार बनेको भन्दै व्यापक आलोचना भएको थियो ।

पेशाले चिकित्सक समेत रहेका कडरिया आन्दोलन मत्थर भएसँगै संगठनमा फर्कन खोजे पनि उनलाई कार्यकर्ताले नरुचाएपछि राजीनामा दिएका हुन् ।

“आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन्,” उनले राजीनामा पछि लेखेका छन्, “मेरा अनुभव, संघर्ष र उतार चढावहरू यही यात्रासँगै टुंगिएका छन् ।”

आफू पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्दै, नेकपा एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा उनले गरेका छन् ।

“कुनै पनि अधुरो अन्त्य वास्तवमै अन्त्य हुँदैन,यो नयाँ यात्राको सुरुवात मात्र हो,” उनले भनेका छन् ।

 

प्रकाशित : २ मंसिर २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह