काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा कम्पनीले २० वर्ष सेवा अवधि पुरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरेको छ ।
त्यस्तै, वार्षिकोत्सवको अवसरमा कम्पनीले देशभर रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । जसमा देशभरबाट १४३९ युनिट रगत संकलन भएको छ ।
कम्पनीले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।










प्रतिक्रिया