Logo

मुख्य समाचार

कांग्रेस बैठक सरेको सर्‍यै


gdpnepal
   ५ मंसिर २०८२, बिहिबार


काठमाडौं । महाधिवेशन विवादमा अलमलिएको कांग्रेस नियमित बैठकसम्म गर्न नसक्ने स्थितिमा पुगेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको हो । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबारका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए ।

बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।

यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज (बिहीबार) का लागि बोलाएको थियो ।

बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेमा बहस हुँदै आएको छ । 

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापनपक्षका नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

गत २८ असोजबाट सुरू भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको हो । त्यसपछि बैठक बारम्बार स्थगित भइरहेको छ ।

 

प्रकाशित : ५ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह