Logo

मुख्य समाचार

सुशीला कार्कीलाई ओलीको प्रश्नः अझै ठूलो विद्रोह हुन्छ भनेको योजना कि अनुमान ?


gdpnepal
   ६ मंसिर २०८२, शुक्रबार



काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गरेका छन् । अझै ठूलो विद्रोह हुन्छ भनेको योजना कि अनुमान ? उनले सोधे ।

अध्यक्ष  शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अझै ठूलो विद्रोह हुन्छ भनेको योजना कि अनुमान हो भन्दै प्रश्न गरेका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियर घोषणा कार्यक्रममा उनले सरकार संविधानअनुसार बनेको छैनभन्दा अर्को विद्रोह हुने धारणा प्रधानमन्त्रीबाट सुनिएको भन्दै आपत्ति जनाए । 

“यस देशमा अझै ठूलो विद्रोह हुन्छ रे । अस्ति प्रधानमन्त्रीबाट सुनेको । यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने झन अर्को ठूलो विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भन्ने को हो ?,” ओलीले भने, “फेरि आगो लगाउने, तोडफोड गर्ने ?” 

ओलीले विद्रोहको सपना देखेको भए छोड्न आग्रह गरे । “तपाईंको अनुमान हो कि योजना हो ?, योजना हो भने सपना नदेख्नुस् । अनुमान हो भने डराउन छोड्नुस् । नेपाली जनतालाई पनि डर देखाउन छोड्नुस्,” उनले भने ।

प्रकाशित : ६ मंसिर २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह