Logo

बिजनेस होम

एनपीएल: कर्णाली याक्सले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने,  काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच भिडन्त


gdpnepal
   ७ मंसिर २०८२, शनिबार


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । 

प्रतियोगितामा आज दिनको पहिलो खेलमा गत सिजन प्लेअफ खेलेको टोली कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

आजको खेलमा प्रतिस्पर्धाका निम्ति उत्रिँदा कर्णाली पहिलो जितको खोजीमा हुनेछ । 

कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।

यता, लुम्बिनी भने आज लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यसैगरी, दिनको दोस्रो खेलमा काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाण्डूको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो । 

यसअघि काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

विराटनगरले भने पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

यी दुई टिमबीचको खेल त्रिवि रंगशालामा नै दिउँसो ३ः३० बजेदेखि सुरु हुने तालिका छ ।

 

प्रकाशित : ७ मंसिर २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह