Logo

बिजनेस होम

किसान श्रेष्ठको घरमा गएर सुदन गुरुङले भने: तेरो घर फेरि जलाइदिन्छू !


gdpnepal
   ८ मंसिर २०८२, आइतबार


रौतहट । बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् । 

भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरि जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् । 

मंसिर ३ र ४ मा सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एमाले नेता श्रेष्ठले जेनजीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् । उनले सिमरा घटनाका घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारसँग माग समेत गरेका छन् ।

 

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह