काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले काइरोप्रैक्टिक र म्यानुअल थेरापी केन्द्रमा बिशेष छुट पाउने भएका छन् । यस सम्बन्धि आज एनआईसी एशिया बैंक र काइरोप्रैक्टिक र म्यानुअल थेरापी केन्द्रबीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस थेरापी केन्द्रका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।










प्रतिक्रिया