काठमाडौंमा चिसो बढ्यो; कति छ न्यूनतम तापक्रम
काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।
यता, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो ७ डिग्री सेल्सियस थियो।










प्रतिक्रिया