Logo

बिजनेस होम

नेपालका साना तथा मझौला उद्योगलाई जर्मन संस्था एसईएसले सहयोग गर्ने


gdpnepal
   ११ मंसिर २०८२, बुधबार


काठमाडौं । जर्मनीको सिनियर एक्सपर्ट सर्विस (एसईएस) की परियोजना संयोजक सुश्री उल्रिके पुट्जले नेपालका साना तथा मझौला उद्योग (एसएमईज), सार्वजनिक संस्थानहरू तथा विद्यालयस्तरका युवा विकास कार्यक्रमहरूमा सहयोग गर्न एसईएस इच्छुक रहेको बताएकी छन् ।

नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआई) सचिवालयमा बुधबार भएको भेटवार्तामा जर्मनीको प्रमुख स्वयंसेवी संस्थामध्ये एक एसईएसकी परियोजना संयोजक पुट्जका अनुसार एसईएस ले १९८३ देखि विकास सहकार्यमा प्रविधि तथा सीप हस्तान्तरणको कार्य गर्दै आएको जानकारी दिइन् ।

उनका अनुसार एसईएस का विज्ञहरू अफ्रिका, एसिया, लाटिन अमेरिका, पूर्वी तथा दक्षिण–पूर्वी यूरोप लगायत विश्वका विभिन्न ठाउँमा तथा जर्मनीभित्र पनि क्रियाशील छन् । एसईएस का कार्यक्रमहरू विभिन्न क्षेत्रमा स्थानीय सीप मजबुत बनाउन लक्षित छन् ।

भेटवार्ताका क्रममा एनजिसिसिआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भाषा शिक्षक विकास, निर्यात प्रवद्र्धन तथा क्षमता अभिवृद्धि जस्ता प्रविधिमूलक क्षेत्रमा एसईएस को प्राविधिक सहयोग आवश्यक पर्ने बताउँदै सहयोगको अनुरोध गरेका थिए ।
प्रस्तावित क्षेत्रहरूमा सहकार्य गर्न एसईएस तयार रहेको पुट्जले बताइन् । सो सन्दर्भमा, आवश्यक सेवा तथा विशेषज्ञता चाहिने क्षेत्र वा व्यवसायीहरूसँग समन्वय गर्न एनजिसिसिआईलाई अनुरोध गरिएको छ ।

भेटमा एसईएस नेपाल प्रतिनिधि शेरबहादुर परियार र एनजिसिसिआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारी पनि उपस्थित थिए ।

एसईएसले १३ हजार अवकाशप्राप्त वा क्रियाशील विशेषज्ञहरूलाई विश्वभरि सीप तथा ज्ञान हस्तान्तरणका लागि परिचालन गर्दै आएको छ ।

सन् १९८३ देखि हालसम्म यसले विश्वका १७० देशमा ६० हजारभन्दा बढी स्वयंसेवी विशेषज्ञ को सेवा पूरा गरिसकेको छ, जसले व्यवसाय, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रलाई सहयोग पु¥याएको छ ।

बोनमा रहेको मुख्य कार्यालय तथा विश्वभरि २०० प्रतिनिधिहरूसहित एसईएस मुख्यतः एसएमईज, सार्वजनिक संस्थान तथा युवा विकास कार्यक्रमहरूको क्षमता वृद्धि गर्न केन्द्रित छ ।

प्रकाशित : ११ मंसिर २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह