काठमाडौं । विवेकशील साझा आज रास्वपामा बिलय हुँदैछ ।
पार्टी एकताको संज्ञा दिइए पनि विवेकशील साझा पार्टीले नाम, झन्डा, चुनाव चिह्न सबै छाडेपछि विलय सरह भएको हो ।
औपचारिक रूपमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आइतार (आज) पार्टी एकता घोषणा हुँदै गरेको जानकारी दिइएको छ ।
दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।
वि.सं. २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । वि.सं. २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो ।
रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।










प्रतिक्रिया