Logo

बैंक / बिमा /शेयर

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक


GDP नेपाल
   १५ मंसिर २०८२, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ दिनका लागि ४० अर्ब तान्न लागेको हो ।

यसमा आज २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यसको साँवा तथा ब्याज भुक्तानी पुस २० गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : १५ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह