काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९३ अंकले बढेर दुई हजार ६४९.३० विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ४४, फाइनान्स ६६, हाइड्रोपावर ४, जीवन बीमा ५, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा ८, अन्य १८ र व्यापार उपसमूह २० अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन १६ र उत्पादन उपसमूह ४६ अंकले घटेको छ ।
आज जीवन विकास लघुवित्तको सेयर सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज रुरु जलविद्युत परियोजनाको सेयर ८.४१ प्रतिशतले घटेको छ । यस दिन ३३४ कम्पनीको एक करोड ४८ लाख कित्ता सेयर ७ अर्ब १२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया