भुवन थापा
एक जुगमा एक दिन एक चोटि आउँछ‘
उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ ‘
कवि गोपाल प्रसाद रिमालले राजनीतिक परिवर्तनलाई आधार मानेर लेखेको यो चर्चित क्रान्तिकारी गीतमा भनेजस्तै अहिले एक जुगमा आउने विपत्तिको समय छ । चार महिना अगाडीदेखि चिनबाट फैलिएको कोरोना भाइरस यति बेला विश्वको लगभग सबै देशमा फैलिसकेको छ । यसै कारणले सङक्रमितको सङ्ख्या ४५ लाख नाघेको छ भने ३ लाखभन्दा बढी मानिसको मृत्यु भैसकको छ । अहिले विश्वमा भर्च्युल सम्बन्ध मात्र कायम छ । अहिले हामी मान्छे देखि मान्छे डराउनु पर्ने हामीले कल्पना नगरेको निकै जटिल समयको सामाना गर्दैछौं ।
कोरोनाले गर्दा अहिले विश्वको अर्थतन्त्र ठप्प छ । कोरोनाको महामारीबाट बच्न अहिले विश्वका अधिकांश देश लक डाउन भएका छन् । एक जना कोरोना सङ्क्रमित देखिएपछि नेपालमा पनि विगत ९ हप्तादेखि गरिएको लक डाउनले जनजीवन नराम्ररी प्रभावित पारेको छ । व्यापार व्यवसाय गर्नेले लाखौँ करोडौँको नोक्सानी व्यहोर्नुपरेको छ भने दैनिक ज्यालामजदुरी गरेर खाने लाखौँ श्रमिकलाई बिहान बेलुकाको छाक टार्न निकै कठिन भएको छ । अहिलेको लकडाउनले धेरै मजदुरको नियमित रोजीरोटी खोसेको छ ।
कोरोनाको बढ्दो जोखिम र लम्बिँदो लकडाउनले अहिले घर बाहिर कोठा लिएर ज्यालादारी गर्ने हजारौँ मजदुर १ हप्ताको पैदल यात्रा तय गरेर प्रहरीको आखाँ छल्दै घर फर्के । सरकारले वितरण गरेको राहत प्रप्यात र उनीहरूको पहुँच नहुँदा त्यसरी कष्टकर पैदल यात्रा गर्न बाध्य भएका छन् ।
एकतिर यस्तो जटिल परिस्थितिको सामना गर्दै सामना गर्दै कोरोना रोकथाममा सरकारको प्रयासलाई आम नागरिकले साथ दिइरहेका छन् । सक्नेले केन्द्र र स्थानीय सरकारको कोरोना राहत कोषमा पैसा र खाद्यान्न सहयोग गरेका छन् ।
अर्को तिर शक्ति र पहुँचमा हुनेले यो महामारीलाई मौका छोपेर करोडौँ भ्रष्टाचार गर्न धुनमा मात्र लाग्न थालेको प्रस्ट देखिएको छ । केही मन्त्री, सरकारी हाकिम र केही ठाउँमा जनप्रतिनिधि समेत यो महाविपत्तिलाई करोडौँ भ्रष्टाचार गर्ने धुनमा लागिपर्दा त्यसले समयमा अति आवश्यक स्वास्थ्य सामग्री खरिद हुन् र राहत वितरण हुन सकेको छैन । विश्वमा कोरोनाको जोखिम बढ्दै जाँदा चुप लागेर बस्ने र अन्तिम समयमा इमर्जेन्सी खडा गरिएर १० औँ गुणा महँगोमा कमसल स्वास्थ्य सामग्री खरिद गर्न खोज्दा त्यसले भ्रष्टाचार मात्र हैन – स्वास्थ्य जोखिम पनि धेरै बढाएको छ । सबै स्वास्थ्यकर्मीले सुरक्षाका उपकरण अहिलेसम्म नपाउद जोरो र खोकीको बिरामीदेखि र स्वास्थ्य कर्मी भागाभाग हुनुपर्ने अवस्था आइपरेको छ ।
हस्पिटलले बिरामी भर्ना लिन नमानेको , हस्पिटल चहार्दा चहार्दै बिरामीको मृत्यु भएको पीडादायी खबर सुनिएको छ । जसले गर्दा कोरोना भन्दा अरू रोग लागेका तर कोरोनाको आशङ्का गरेर हस्प्तिलले भर्ना लिन नमानेको र भर्ना लिएकाले पनि उपचार नपाउँदा दैनिक ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । यसको लागि यहाँ हस्पिटल र स्वास्थ्यकर्मीलाइ दोष दिने ठाउँ नि छैन – सरकारले सुरक्षाका सामाग्री समयमा वितरण गर्न सकेको भए अहिले यो अवस्था आउने थिएँ नै । र समय पनि प्रशस्त थियो । तर मन्त्री र हाकिमका नियत खराब हुँदा डामाडोल भयो । (कम्तीमा सरकारले इमर्जेन्सी खडा गरेर किन्न खोजेको स्वास्थ्य सामग्री देश र जनताको स्वास्थ्य जोखिमलाई मध्यनजर गरे खरिद गर्दिएको भए मात्र अहिलेसम्म ती सामाग्री सबै तिर पुगिसक्ने थियो । तर फोहोरको थुप्रो उठाउँदा नि कमिसन खान नछोड्ने र पल्केका नेता र कर्मचारीले गर्दा अहिले थप जटिल समयको सामाना गर्नुपरेको छ ।
यहाँ एउटा व्यक्तिले हजार रुपौया राहत कोषमा जम्मा गरिरहेको छ भने अर्को तिर ५० औँ करोड बढी मूल्य तिरेर स्वास्थ्य सामग्रीको खरिदको सम्झौता भएको छ । ५ रुपैयाँ पर्ने सामाग्रीलाई ५० रुपैयाँमा खरिद गर्ने आट कर्मचारीले गरेका छन् र मन्त्रीले सहमति दिएका छन् । लुटको सीमा नाघेको छ । अहिलेकोको महामारीलाई मौका छोपेर नेता , मन्त्रि र कर्मचारी सबैले सकेको लुट्ने मात्र खोजिरहेको देखिएको छ । कोरोना रोकथाम त कमाउने बहाना मात्र बनेको छ । मात्र केन्द्रीय सरकारले करोड र स्थानीय सरकारले लाखमा छ रकम । स्थानीय सरकारले राहत वितरण गर्दा अनपढ मजदरुलाइ २० केजी चामलमा सही गर्न लगाएर १५ केजी मात्र वितरण गरेको समाचार आएको छ । भने कतै जनप्रतिनिधिले जनतालाई वितरण गर्नुपर्ने हजारौँ मास्क लुकाएको घटना चर्चामा छ । यस्तो महामारीको लुटेराहरू समय आएपछि सजायको भागीदार त हुने नै छन् ।
थापा जीडीपी नेपाल प्रालिद्वारा सञ्चालित अनलाइन पोर्टल www.gdpnepal.com का संवाददाता हुन्
प्रतिक्रिया