Logo

Banner-news

कांग्रेसले बनायो निजी क्षेत्रको विशेष समितिः विनोद चौधरी संयोजक


GDP Nepal
   २ जेष्ठ २०७७, शुक्रबार


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरसले देशको विभिन्न क्षेत्रमा पारेको असर अध्ययन गरी आवश्यक कार्य गर्न विशेष समितिको गठन गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको वैशाख १७ को निर्णय बमोजिम अर्थतन्त्र केन्द्रित विषेश समितिपछि लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष परियोजना गठन भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले गठन गरेको समितिमा उद्योगपति एवं सांसद विनोद चौधरी संयोजक रहेका छन् भने निजी क्षेत्रबाट पार्टी राजनीतिमा सक्रिय अन्य १४ जना सदस्य रहेका छन् ।

कांग्रेस मुख्यालयद्वारा जारी विज्ञप्तिअनुसार विशेष समितिमा दिपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी सदस्य रहेका छन् । यस्तै, अन्य सदस्यहरुमा मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुंगटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।

समितिले तत्काल कोरोनका कारण नेपालको लगानी पूर्वाधार र रोजगार क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रुपमा सम्बोधन गर्ने नीतिबारे आवश्यक अध्ययन गरेर अर्थतन्त्र केन्द्रित विशेष समितिमा सुझाव पेश गर्ने जनाइएको छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह