Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकको ३३ औं वार्षिक साधारणसभा सम्पन्न


GDP नेपाल
   १ माघ २०८२, बुधबार


काठमाडौँ । हिमालयन बैंक लिमिटेडको ३३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंक तथा बैंकका सहायक कम्पनीहरूसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।​

बैंकको साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रणजीव एन्ड एसोसिएट्सलाई पुनस् नियुक्त गरेको छ ।

यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।​​

प्रकाशित : १ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह