Logo

Banner-news

ओलीलाई बल्छी धुर्बेको व्यंग्यः देशको सीमा बेचेर कुर्सी जोगाउन खोजेको आरोप !


GDP Nepal
   ५ जेष्ठ २०७७, सोमबार


काठमाडौं । हास्य कलाकार बल्छी धुर्बे उर्फ मरिचमान श्रेष्ठ लकडाउनका बेलामा पनि निकै व्यस्त छन् । लकडाउनसँगै टेलिभिजनमा प्रशारण हुने उनको हास्य टेलिसिरियल हल्का रमाइलो बन्द भए पनि उनी खाली छैनन् ।

लकडाउनका बेला घरभित्र र आसपासका दृश्य खिचेर कमेडी पारामा प्रस्तुत गर्ने बल्छी धुर्बेले आफ्नो युट्युब च्यानल बल्छी धुर्बेमार्फत ‘लकडाउन’ शीर्षकमा १२ भाग प्रशारण गरिसकेका छन् । मेरी बास्सै टेलिसिरियलबाट स्थापित उनको पात्र बल्छी धुर्बे निकै लोकप्रिय छ ।

युट्युबमा ६ लाख २० हजार सस्क्राइबर रहेको बल्छीको युट्युब च्यानल नेपालका कमेडीप्रेमी दर्शकसामु निकै लोकप्रिय पनि छ । लकडाउन सर्ट मुभीमा उनले आफ्नो दोहोरो भूमिकासहित श्रीमती करुणा खड्कालाई पनि डेब्यु गराएका छन् ।

लकडाउनको १२ औं श्रृंखलालाई उनले आम नेपालीको मन छुने ढंगले प्रस्तुत गरेका छन् । एउटा छिमेकीले अर्को छिमेकीको घरसम्म पुग्न आफ्नो घर कम्पाउन्डबाट जवर्जस्ती बाटो खोलेको र त्यसलाई घरबेटीले निरिहतापूर्वक स्वीकारेको कथा यसमा समेटिएको छ ।

घरधनीलाई छिमेकीले पुरानो गुन सम्झाउँदै आफ्नै कारणले सत्तामा पु¥याएको तथा फेरि सत्तामा रहिरहन मन भए विरोध नगर्नु भन्दै धम्क्याएको दृष्य राखेर नेपाली भूमि लिपुलेकबाट भारतले चीनसम्म पुग्ने बाटो खनेको दृष्टान्तलाई उनले मौलिक रुपमा प्रस्तुत गरेका छन् ।

शासकहरुले आफू कुर्सीमा रहिरहन छिमेकीको खुलेर विरोध गर्न नसकेको तथा कुर्सीमा टिकिरहन छिमेकीको गुलामी गर्ने गरेको नेपालको यथार्थ उनले प्रस्तुत गरेका छन् ।

लकडाउनको १२ औं श्रृंखलाका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह