Logo

Banner-news

आर्थिक संकटमा परेपछि थाई एयरवेज निजीकरणको तयारी, ९ अर्ब ४० करोड डलर ऋण


GDP Nepal
   ६ जेष्ठ २०७७, मंगलबार


बैंकक (एजेन्सी): थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ ।

सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका लागि मंगलबार पेश गरिने जानकारी दिए । यद्यपी उनले प्रस्तावित कार्ययोजनाका बारेमा विस्तृत रुपमा बताउन चाहेनन् ।

थाई एयरवेजले कोरोनाभाइरसका कारण यात्रा र पर्यटन क्षेत्रमा ठूलो संकट उत्पन्न हुनुअघि नै आर्थिक समस्या झेल्दै आएको थियो । थाई एयरले सरकारबाट १ अर्ब ७० करोड अमेरिकी डलर ऋणका लागि प्रस्ताव गरेको छ ।

प्रस्तावित योजना कार्यान्वयनमा आए थाई एयरवेजमा सरकारको लगानी ५० प्रतिशतभन्दा कम हुनेछ, र यसले निजीकरणतर्फ अग्रसर गर्नेछ ।

उद्धारका विकल्पहरुमध्ये खासगरी कर्मचारी, विमान संख्या र उडानहरु कटौती हुनेछन् ।

थाई एयरवेजले सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको थियो ।

संचार माध्यमहरुले थाई एयरवेजमा ९ अर्ब ४० करोड डलर ऋणभार रहेको बताएका छन् ।

थाई एयरवेजले कोरोनाभाइरस महामारीका कारण अप्रिलको शुरुदेखि नै सबै उडान बन्द गरेको छ । विमान सेवामा कार्यरत अधिकांश कर्मचारीलाई तलब घटाएर विदामा बस्न बाध्य पारिएको छ । सरकारले गत साता अन्तर्राष्ट्रिय उडानबाट थाइल्याण्ड आउन आगामी जुनको अन्त्यसम्म रोक्ने घोषणा गरिसकेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह