Logo

बैंक / बिमा /शेयर

नेपाल एसबिआई बैंकद्वारा समाज कल्याण केन्द्र वृद्धाश्रमलाई सहयोग


GDP नेपाल
   १२ माघ २०८२, आइतबार


काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौको पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा तथा विभिन्न अत्यावश्यक सामग्री प्रदान गरेको छ।

बैंकले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको तत्काल आवश्यकता पूरा गर्ने उद्देश्यले न्यानो कपडा, ब्ल्यांकेट, क्लोथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायत सामग्री सहयोगस्वरूप उपलब्ध गराएको हो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रम बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका प्रमुख शशी पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पशुपति विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्मा भुषाल, कोषाध्यक्ष श्रीधर सापकोटा, नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्यलगायत बैंक तथा सम्बन्धित संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ।

प्रकाशित : १२ माघ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह