Logo

बैंक / बिमा /शेयर

५४ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको नाफा


GDP नेपाल
   १२ माघ २०८२, आइतबार


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमाससम्म ३० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ५४ प्रतिशतले बढेको हो । गत आवको पुस मसान्तसम्म बैंकको यस्तो नाफा १९ करोड ६५ लाख रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ९१ करोड ८२ लाख रुपैयाँबाट १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड २४ लाख रुपैयाँबाट बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आवको पुस मसान्तसम्म २८ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म सञ्चालन नाफा ५९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ नाघेको छ । त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११.४६ रुपैयाँबाट बढेर १६.२१ रुपैयाँ पुगेको र खराब कर्जा (एनपीएल) ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १५३.२४ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकले ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रकाशित : १२ माघ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह