Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकहरुको नाफा साढे ११ प्रतिशतले बढ्यो, कुनको कति ?


GDP नेपाल
   १६ माघ २०८२, बिहिबार


काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ११.५१ प्रतिशतले बढेको हो ।

गत वर्ष बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा बढेको छ भने अन्य बैंकको नाफा घटेको छ ।


सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । पुस मसान्तसम्म नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ६.५० प्रतिशतले बढी हो ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलको नाफा सबैभन्दा बढी ४५.७८ प्रतिशतले घटेको छ ।

 

प्रकाशित : १६ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह