Logo

बिजनेस होम

सामसङ नेपालको होली अफरः वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट


GDP नेपाल
   २१ माघ २०८२, मंगलबार


काठमाडौँ । सामसङ नेपालले होलीको अवसर पारेर आफ्ना होम अप्लायन्सहरूमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले वाशिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा आकर्षक छुट,क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना घोषणा गरेको हो। 

फेब्रुअरी १ देखि मार्च १४,२०२६ सम्म देशभर लागू हुने यस अफरले नयाँ उपकरण किन्न चाहने ग्राहकलाई ठूलो राहत दिने देखिएको छ। अफरअन्तर्गत ७ देखि १२ केजीसम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड र सेमी-अटोमेटिक टप-लोड वाशिङ मेसिनहरूमा ग्राहकले अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

त्यसैगरी रेफ्रिजरेटरतर्फ पनि कम्पनीले छुटको व्यवस्था गरेको छ। सिंगल डोर,डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ। सामसङका वाशिङ मेसिनमा डीआइटी मोटरमा २० वर्षको वारेन्टी र भोल्टेज फ्लक्टुएसनबाट हुने जोखिम कम गर्न ४०० भोल्टेजसम्मको सुरक्षा कवच रहेको छ। फ्रिजमा पनि ३०० भोल्टेजसम्मको सुरक्षा प्रणाली जडान गरिएको छ जसले गर्दा उपकरणको टिकाउपनमा ढुक्क हुन सकिन्छ। यी सबै मोडेलहरूमा कम्पनीले निःशुल्क जडान (इन्स्टलेसन) को सुविधा समेत दिने बताएको छ।

यसका साथै नयाँ सामसङ होम अप्लायसहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत् आफ्ना पुराना उपकरणहरू साट्न सक्नेछन्।

प्रकाशित : २१ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह