काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् ।
सनराइज, माछापुच्छ्रे, ग्लोबल आइएमई लगायतका बैंकमा काम गरिसकेका अनुभवी बैंकर शर्माले कठिन अवस्थाबाट गुज्रिरहेको प्रभु बैंकको नेतृत्व सम्हाल्ने भएका हुन् ।
प्रभु बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।
शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।










प्रतिक्रिया