Logo

मुख्य समाचार

आज तराईमा हुस्सु, पहाडमा बादल र हिमाली क्षेत्रमा हिमपात


gdpnepal
   २६ माघ २०८२, आइतबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहनेछ । 

कोसी  प्रदेशका उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

प्रकाशित : २६ माघ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह