Logo

कर्पोरेट-बजार

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता



GDP नेपाल
   २८ माघ २०८२, मंगलबार


काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ ।


प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम.ए अलोबैद्लीले गरेका छन् ।

प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलसँग भेटघाट गरी दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ प्रणालीमा सहकार्य, लगानी प्रवद्र्धनका सम्भावना र द्विपक्षीय लगानी तथा बैंकिङ सहकार्यका विविध विषयमा विस्तृत छलफल गरेको छ ।
नेपाल–कतार बीचको व्यापारिक र लगानी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा प्रतिनिधिमण्डल काठमाडौँ आएको हो ।

महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै, छलफलले दुवै देशबीचको आर्थिक सहकार्यमा नयाँ अवसर थप्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : २८ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह