Logo

कर्पोरेट-बजार

कैलाश एयरको हेलिकप्टरमा फर्किए पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलमा पाण्डेद्वारा स्वागत


gdpnepal
   १ फाल्गुन २०८२, शुक्रबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन् ।

बुद्ध एयरको जहाजबाट फर्कने प्रारम्भिक तयारी रहे पनि उनी हेलिकप्टरबाटै फर्किएका हुन् ।

उनले काठमाडौं फर्कंदा कैलाश एयरको हेलिकप्टर प्रयोग गरेका थिए ।

काठमाडौंस्थित विमानस्थलमा पूर्वराजा शाहलाई कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे लगायतका अधिकारीहरुले स्वागत गरेका छन् ।

पाण्डेले पूर्वराजाले कैलाश हेलिकप्टरको सेवा रोज्दा आफूहरुलाई अत्यन्तै गौरव र हर्षको अनुभूति भइरहेको बताएका छन् ।

“आज हामीले पूर्व राजा ज्ञानेन्द्र शाहज्यूलाई कैलाश हेलिकप्टरको तर्फबाट सेवा गर्ने सुअवसर प्राप्त गरेका छौं,” प्रवन्ध निर्देशक पाण्डेले भनेका छन्, “उहाँको पावन आगमन हाम्रो लागि अमूल्य तथा ऐतिहासिक क्षण हो ।”

पाण्डे वायुसेवा सञ्चालक संघका अध्यक्षसमेत हुन् ।

“यो हाम्रो संस्थाका लागि केवल एक भेट मात्र नभई, सम्मान, श्रद्धा र गौरवको अनुपम चिनो हो, उहाँको उपस्थितिले हामीलाई प्रेरणा, उत्साह र आत्मविश्वास प्रदान गरेको छ,” उनले भनेका छन्, “हामी हृदयदेखि नै उहाँप्रति उच्च सम्मान प्रकट गर्दै, यो अविस्मरणीय क्षणलाई अमूल्य स्मृतिको रूपमा संजोइराख्ने प्रण गर्दछौं ।”

कैलाश हेलिकप्टरको तर्फबाट पूर्व राजाको सुस्वास्थ्य, दीर्घायुको समेत कामना गरिएको छ । काठमाठौं फर्केपछि पूर्वराजालाई मर्थकहरुलले स्कर्टिङसहित पूर्वरााजालाई निर्मल निवास पुर्‍याएका छन् ।

प्रकाशित : १ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह