Logo

कर्पोरेट-बजार

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा उपाध्यक्ष ढकाल



GDP नेपाल
   ३ फाल्गुन २०८२, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न साधारण सभा तथा अधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयनको चर्चा पनि विस्तारै बढ्न थालेको छ ।
हाल महासंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदसम्म जाने आफ्नो तयारी रहेको संकेत गरेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा महासंघको २८ र २९ चैतमा हुने साधारण सभा तथा अधिवेशनअघि प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेपनि हाल निर्वाचन आयोगको आचारसंहिताका कारण प्रक्रिया प्रभावित भएको ढकालले बताएका छन् ।
निर्वाचन सम्पन्न भएपछि महासंघको सचिवालय र कार्यसमितिले आवश्यक निर्णय गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

ढकालका अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहे पनि विधान संशोधनपछि अब वरिष्ठ उपाध्यक्ष पदमै चुनाव लड्नुपर्ने र त्यसपछि अध्यक्षमा पनि प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था लागू भएको छ ।

वरिष्ठ उपाध्यक्ष कार्यसमितिका सदस्यहरूले चयन गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे ।
‘साथीहरूको अपेक्षा वरिष्ठमा जानु भन्ने छ । वातावरण कसरी बन्छ, साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्ने हो,’ ढकालले भने ।तीन वर्षको कार्यअनुभवलाई आधार
वस्तुगत संघतर्फबाट निर्वाचित उपाध्यक्ष ढकालसँग १४२ वस्तुगत संघसँग समन्वय गर्दै काम गरेको अनुभव छ । यसअघि कृषि उद्यम केन्द्रको नेतृत्व, कोभिड–१९ महामारीका बेला स्वास्थ्य तथा सीप विकास समितिमा सक्रिय भूमिका, अक्सिजन, क्वारेन्टाइन र औषधि आपूर्ति व्यवस्थापनमा समन्वय जस्ता कामलाई उनले आफ्नो कार्यकालका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

झापा उद्योग वाणिज्य संघ र चिया उत्पादक संघमा काम गरेको अनुभवले पनि आफूलाई महासंघको नेतृत्व सम्हाल्न आत्मविश्वास दिएको उनले बताए ।
महासंघभित्र आफू एउटै समूहको सदस्यका रूपमा सहकार्यको भावनासहित अगाडि बढ्ने बताउँदै उनले अन्ततः साथीहरूको सल्लाह र सहमतिमै नेतृत्व यात्राको टुंगो लाग्ने संकेत गरेका छन् ।

प्रकाशित : ३ फाल्गुन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह