Logo

मुख्य समाचार

आज मौसम सफा रहने, काठमाडौंको तापक्रम ८.१ डिग्री सेल्सियस


gdpnepal
   ४ फाल्गुन २०८२, सोमबार


काठमाडौं । देशका केही स्थानमा हुस्सु र कुहिरो लागे पनि आज अधिकांश स्थानमा मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहनेछ ।

राति तराई भूभागका थोरै स्थानमा तुँवालो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसैबीच, आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ। 

हिजो (आइतबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे घटेर ८.० डिग्री सेल्सयस कायम भयो। 

 

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह