Logo

बैंक / बिमा /शेयर

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



GDP नेपाल
   ४ फाल्गुन २०८२, सोमबार


काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।


कम्पनीले कुल निष्कासित सेयरमध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि तथा २८ हजार ४४० कित्ता कर्मचारीका लागि छुट्याएको जनाएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।


आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, अनलाइन माध्यमबाट ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।


यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो । सोही अनुमति अन्तर्गत पहिलो चरणमा कम्पनीले गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।


पहिलो चरणअन्तर्गत शेयर बाँडफाँट प्रक्रिया सम्पन्न गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आज कार्यालय समयभित्र आवेदन नदिएमा लगानीकर्ताले यस अवसरबाट वञ्चित हुनुपर्ने भएकाले इच्छुक लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह