काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
यसअघि पाउँदै आएका सबैप्रकारका भत्ता यथावत राखिएको बजेटमा उल्लेख छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।
प्रतिक्रिया