काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट छुट्याएको छ ।
शिक्षामा बजेटलाई अघिल्ला वर्षजस्तै सबैभन्दा बढी प्राथमिकता दिइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।
प्रतिक्रिया