Logo

मुख्य समाचार

एपोलो हाईड्रोपावरको आईपीओ बिक्री खुला


GDP नेपाल
   ११ फाल्गुन २०८२, सोमबार


काठमाडौं । एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन खुला गरेको छ ।


कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर (प्रति कित्ता १०० रुपैयाँ) जारी गर्न स्वीकृति पाएको हो ।

जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात ९ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ ।
प्रभावित क्षेत्रअन्तर्गत ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित बासिन्दाले न्यूनतम १० देखि अधिकतम ४७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० देखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।


प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा फागुन २५ गते (ढिलोमा चैत १०) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गते (ढिलोमा फागुन २५) सम्म खुला रहनेछ । आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

प्रकाशित : ११ फाल्गुन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह