काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २१.६२ अंकले बढेर दुई हजार ६३८.६० विन्दुमा पुगेको छ ।
आज बैंकिङ ४, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन १४६, हाइड्रोपावर ४३, जीवन बीमा ८८, उत्पादन १५८, माइक्रोफाइनान्स ३७, निर्जीवन बीमा ५६, अन्य ७ र व्यापार उपसमूह ५३ अंकले बढेको छ ।
आज सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेपाल एसबीआई बैंकको सेयर सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेको छ ।
यस दिन ३२८ कम्पनीको ९३ लाख कित्ता सेयर ४ अर्ब २३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया