Logo

राजनीति

कोरला नाका तीन दिन सम्मका लागि बन्द


GDP नेपाल
   १७ फाल्गुन २०८२, आइतबार


काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन २४ नम्बरको कोरला नाका तीन दिन सम्मकालागि बन्द हुने भएको छ ।


फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चीनसँग सिमाना जोडिएको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको हो ।

उक्त अवधिभर अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रका स्थानीयलाई समेत उक्त अवधिमा बस्तीमा जान अनुरोध गरिएको छ ।


जोमसोम–कोरला ११० किमि सडकखण्ड पनि फागुन २० राति १२ देखि २१ गते मतदान सम्पन्न नहुदाँसम्मका निम्ति बन्द गरिने जनाइएको छ ।

प्रकाशित : १७ फाल्गुन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह