Logo

Banner-news

कोरोनाविरुद्ध प्रतिरोध क्षमता बढाउने भन्दै जथाभावी आयुर्वेदिक उत्पादन, सरकार रमिते


GDP Nepal
   २६ जेष्ठ २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने भन्दै यतिबेला विभिन्नखाले औषधि बजारमा आएका छन् । अधिकांशले आयुर्वेदिक औषधिमा यस्तै ट्याग राखेर बिक्री गरिरहँदा सरकार भने रमिते मात्र बनेको छ ।

पछिल्लो पटक आयुर्वेदिक जुस तथा ट्यावलेट भन्दै अर्को कम्पनी शाहीराम फुड्स प्रालिले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो । तुलसी आफैंमा राम्रो आयुर्वेदिक औषधि भए पनि यसको जुसले कोरोनाविरुद्ध प्रतिरोधक क्षमता बढाउँछ भन्नेचाहिँ पुष्टि भएको छैन र यसको अध्ययन समेत नभएकाले यो सरासर भ्रममात्र हो ।

शाहीराम फुड्समात्र नभइ यस्ता दर्जनौं कम्पनीले अहिले कोरोना विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रचार गरिरहेका छन् । कतिपय ठूला व्यापारी र प्रवुद्ध समूह नै यसको पछाडि दौडिएका छन् । उनीहरुले समेत मौखिक प्रवर्द्धन गरिरहेको पाइन्छ ।

यद्यपि, शरीरमा प्रतिरोधक क्षमता वृद्धि गर्न पर्याप्त पौष्टिक पदार्थ खाने, नियमित व्यापाम गर्ने तथा समयमै सुत्ने बानीको विकास गर्नु आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । दुग्धजन्य तथा माछामासु नियमित खाने तथा पर्याप्त पानी पिउने बानीले पनि मानिस स्वस्थ रहने र प्रतिरोधक क्षमता बढ्ने उनीहरु बताउँछन् ।

आयुर्वेदका नाउँमा बजारमा ठगी बढिरहेकाले त्यसमा भर पर्न नहुने तथा यस्ता वस्तुको खुलेआम गलत प्रचार रोक्नुपर्ने जानकारहरुको भनाइ छ ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह