Logo

Banner-news

युवाको स्वस्फूर्त प्रदर्शनविरुद्ध सरकारी दुश्प्रचारः ‘इनफ इज इनफ’ ग्रुप निशानामा


GDP Nepal
   ३१ जेष्ठ २०७७, शनिबार


काठमाडौं । देशका विभिन्न सहरमा भइरहेका युवाहरुको प्रदर्शन बिथोल्न सरकार लागिपरेको छ । सरकार समर्थकहरुले शनिबार संसदमा नयाँ निशानछाप पारित हुने दिन आन्दोलन गर्नु गलत भएको भन्दै भएभरको शक्ति लगाएर रोक्ने प्रयास गरिरहेका छन् ।

सरकार नजिकका कार्यकर्ता तथा सञ्चारकर्मी समेतले असन्तुष्ट युवाको फेसबुक समूह ‘कोभिड–१९नेपालः इनफ इज इनफ’विरुद्ध भ्रम सिर्जना गरी जोडतोडले प्रचार प्रसार गरिरहेका छन् । उक्त ग्रुपमा १ लाख ६२ हजारभन्दा बढी सदस्य भइसकेका छन् ।

सुरुवातमा असन्तुष्ट युवाहरुको अन्तक्र्रियात्मक थलो मानिएको यो ग्रुप पनि अहिले आन्दोलनकारीहरुको पोष्टले भरिन थालेको छ । यद्यपि, यो आन्दोलन अहिले देशव्यापी भइसकेको छ र यसमा स्वतस्फुर्त युवा सहभागी छन् ।

आन्दोलनका प्रमुख दुई मागमध्ये पीसीआरको क्षमता बढाइनुपर्ने र कोरोना नियन्त्रणका नाउँमा भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने माग दुवै आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने माग नै हुन् ।

दुवै माग संसददेखि सडकसम्म उठे पनि सरकार भने यी आवाजलाई प्रायोजितको संज्ञा दिँदै तथ्य बंग्याउन खोजिरहेको देखिन्छ । यद्यपि यो निराशाको अभिव्यक्ति हो र यसमा राजनीतिक कार्यकर्ताको सहभागिता भए पनि राजनीतिक लक्ष्य भने देखिँदैन ।

कोरोनाभाइरस नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसक्दा अहिलेको स्थिति आएको देखिन्छ । गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटार नजिकै कोभिड–१९ नियन्त्रण गर्न सरकार विफल भएको भन्दै विभिन्न प्लेकार्ड र सांकेतिक चित्रहरू सहित युवाहरूले गरेको प्रदर्शन नेपालका विभिन्न शहरहरूमा विस्तार भइरहेको विवरण आएका छन् ।

सरकारले प्रायोजित भने पनि सामाजिक सञ्जालका विभिन्न पेजहरूमार्फत २० देखि ३५ वर्ष उमेर समूहका युवाहरू सहभागी भइरहेका यी प्रदर्शनहरू संयोजन गरिएका छन् । उनीहरुको आकर्षक लाग्ने रचनात्मक प्लेकार्डले आन्दोलनमा अन्य युवाको आकर्षण बढाएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि आरडीटी बन्द गरी पूर्ण रूपमा पीसीआर परीक्षण गराइनुपर्ने माग उठिरहे पनि सरकार भने आरडीटीमै उद्यत रहेकाले पनि आक्रोश बढेको देखिन्छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेता कार्यकर्ताले भने २०६२–६३ को जनआन्दोलनमा तत्कालीन शाही सरकार समर्थकहरुले जस्तै आन्दोलनविरुद्ध दुश्प्रचारको अभियान नै छेडेका छन् । तर, यसबाट विचलित नभइ राजनीतिक अभिष्टबाट जोगाएर यो आन्दाृेलनलाई अगाडि बढाउनु उत्तिकै चुनौतीपूर्ण पनि देखिन्छ ।

प्रकाशित : ३१ जेष्ठ २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह