Logo

बैंक / बिमा /शेयर

‘वर्क फ्रम होम’का लागि ल्यापटप किन्न लक्ष्मी बैंकले शतप्रतिशत ऋण दिने !


GDP Nepal
   २ असार २०७७, मंगलबार


काठमाडौं । लक्ष्मी बैंकले वर्क फ्रम होमका लागि ल्यापटप किन्न लक्ष्मी बैंकले ऋण दिने भएको छ ।

बैंकले कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको भन्दै यस्तो स्कीम ल्याएको हो ।

हिंडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरुप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएको छ ।

यसै आवश्यकतालाई मध्यनजर गर्दै लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको छ ।

यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने छ ।

यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह